Tuesday, February 2, 2016

काल पनि शहर पसेछ

काल पनि शहर पसेछ

यहाँ यस्तै यस्तै छ
हुनेलाइ सबै सस्तै छ
जो भोक भोकै छ
उसैलाइ टोक्या टोक्यै छ

यो नेपाल हो
यहाँ यस्तै यस्तै हुन्छ
हुनेलाइ यहाँ खिरै खिर छ
नहुनेलाइ यहाँ कर्णालीको भिरै भिर छ

यो नेपाल हो
हुनेसङ्ग सब चिज छ
काठमान्डौ छ
पोखरा छ
चितवन छ
सब चिज छ र त
कहिले हात्ती गैडा बोकेर हिड्छन
कहिले हात्ती गैडा चढेर हिड्छन
कहिले हात्ती गैडा चोरेर हिड्छ्न
जे गरेर नी उनीहरु हिड्छन
देश मारेर आफुहरु बाचेका छन

यो नेपाल हो
नहुने सङ्ग पनि दुई चिज छन
पहिलो हो आस
अनि दोश्रो पर्यो काल
उनीहरु पहिले आस गरि बस्छ्न
जब आसले उनिहरुलाई छोड्छ
अथवा
जब उनीहरुले आस छोड्छन
तब उनीहरु काल पर्खी बस्छन
कर्णालीको भिर पाखामा काल खोज्न हिड्छन
काल पनी कम निष्ठुरिको रहेछ र
भिर पाखा छोडेर शहर पसेछ
शहरसङ्गै मीत लाएछ
दुब्लो पतलो भएछ
दु:खी  गरिबीलाइ सहर नै बोलाइ रहेछ

यहाँ यस्तै छ
यहाँ यस्तै भैरहेछ
यस्तै यस्तै भैरहनेछ
यो नेपाल हो
यो हाम्रो देश पनि हो
सबैलाइ चेतना भया