Thursday, March 2, 2017

सगरमाथा

सगरमाथा तिमी
कालापत्थरबाट हेर्दा
जति काली देखिन्छेउ तिमी
आधार शिविर गइ हेर्दा
पर्दा भित्र लुकिदिन्छेउ तिमी
क्याम्प एकबाट हेर्‍दा
कति ठुली देखिन्छेउ तिमि
क्याम दुइबाट हेर्दा
कति उत्ताउली देखिन्छेउ तिमी
क्याम्प तिनबाट हेर्दा
टाउको अन्तै मोडिदिन्छेउ तिमी
क्याम्प चार गइ हेर्दा
लाजले थचक्कै त्यतै कतै बसिदिन्छेउ तिमी
साउथ समिटबाट हेर्दा
घुम्तो ओढि साथिहरुको बिचमा लुकि दिन्छेउ तिमी
समिटमा पुगि घुम्टो उघारी हेर्दा
हल्का लाज सहित मुसुक्क मुस्कुराईदिन्छेउ तिमी
                           

                      रमेश सिंखडा