Friday, May 13, 2016

सगरमाथा

कालापत्थरबाट हेर्दा
काली काली देखिन्छेउ सगरमाथा, तिमी
आधार शिविरमा आइ हेर्दा
त्यतै कतै हराइ दिन्छेउ सगरमाथा, तिमि

सगरमाथा, तिमिलाइ नजिकबाट हेर्न
तिम्रो नजिकमा उभिन
तिम्रो नजरमा नजर जुधाउन
आउदैछु म , नजाउ तिमी कतै

सगरमाथा,सङ्कल्प गरिसके तिमिसङ्ग भेट्ने
छेक्ने छैन हिमनदिका भर्याङहरुले अब
के रात के दिन आउदैछु म त्याहा अब
नभाग तिमी, नलजाउ तिमी , जुधाउ नजर अब

सगरमाथा, नयनबाट नजर देउ मलाइ
अधरबाट हासो छरिदेउ , संसारमा खुशी भरिदेउ
त्यही हासो र खुशी भित्र मलाइ लुकाइ देउ
सधै सधैं मलाइ तिम्रो बनाइ देउ

                              रमेश सिंखडा

No comments:

Post a Comment