Sunday, September 18, 2016

kathmandu काठमाण्डौ

कठमान्डु एक शहर
अनेक बिम्बहरुको शहर
असङ्ख्य रहरहरुको शहर
रहर भित्र कहर लुकाउने शहर
अर्थात
यसका नाम छन अनेक
उहिले यसलाइ भनिन्थ्यो
संसारको कान्तिपुरी नगरी
कान्तिको रङ्ग हराएपछी
यो शहर भयो काठमाण्डौ
अझै कसै कसैले काठमाण्डु लेख्छन 

जसले जे लेखे पनि
जसले जे देखे पनि
जसले जे गरे पनि
यो सहर चुपचाप हेरि बस्छ

यो शहरमा के भएन र
आधुनिक नेपालको सपना यहि देखियो
पुर्वमा टिष्टा यहि बाट पुग्यौ
पश्चिममा कागडा यहिबाट पुगियो
अन्तिममा मेची र कालीमा झरियो
कोतपर्वको रचना यहि शहरमा रचियो
राजदरवार हत्याकाण्डको कथा यहि कुनामा रचियो
प्रजातन्त्र,पन्चायत लोकतन्त्रको कथा कतै लेखियो होला

तर यसको नाटक यहि खेलियो/देखाइयो
अनेकौ नाकबन्दी झेल्यो यो शहरले
काठमाण्डौको कहर कसले बुझ्यो र
न पुर्खाहरुले बुझे, न त अहिलेका मुर्खहरुले बुझे
सबैमा चेतना भया, सबैमा चेतना आया



No comments:

Post a Comment