Friday, June 16, 2017

उठाएर शिर आकाशमा हेर्छु, उढ्छ्न चरी अनेकथरी

उठाएर शिर आकाशमा हेर्छु
उढ्छ्न चरी अनेकथरी
झुकाएर शिर जमिनतिर हेर्छु
फुल्छन फुल अनेक थरी

चरा उडेको आकाश
जरा गडेको रुख
मायाले भरेको मन
कहाँ नराम्रो हुन्छर

आउ एकै छिन
चरा झै उडौ आकाशमा
भरे के हुन्छ के
मायाले भरेको मन खोलौ आकाशमा

उड्दाउड्दै थकै लागे
रुख खोजी बसौला
यताउती हेरि हेरि
सबको आँखा छलि छली
भुर्‍र भुर्‍र उडि उडि
माया हाम्रो साटौला 


No comments:

Post a Comment