Thursday, September 3, 2015

निलो निलो आकाश मुनि

निलो निलो आकाश मुनि
सेतो सेतो हिमाल
नाच्दै नाच्दै आउँछे
डाफे अनि मुनाल
वारि डाडा पारी डाडा
डाफे गीत गाउछे
त्यही गीत सुनी सुनी
पारी मुनाल नाचिदिन्छे
वारि डाँडा पारी डाँडा
बिचमा खोला सुसेली दिन्छे
त्यही सुसेलीसगै
हाम्रो माया साटिदिन्छे

No comments:

Post a Comment