Wednesday, September 2, 2015

नेपाल कहिले बन्ला र कस्तो बन्ला

नेपाल कहिले बन्ला र कस्तो बन्ला

सायद अहिलेको युवा पुस्ताको मष्तिष्क यहि प्रस्नले भरिएको हुनुपर्छ । साच्चै कहिले बन्ला नेपाल । कस्तो बन्ला त नेपाल । के नेपाल बन्छ त । वैषाख १२ गते पछिका मेरो केहि गाउँ को भ्रमण, गाउँलेहरुसङ्गको  केहि अनुभव र सरकारले बनाएका केही नियमको आधारमा खिचडी कस्तो पाक्दैछ भन्ने कल्पना चाहिँ सजिलै गर्न सकिन्छ । आशा छ मेरो कल्पना गलत होस र सरकारको सपना साकार होस, सपनाको महलमा सिमित नहोस।
उदाहरण १: लगभग तीन हप्ता पहिला म कुनै गाउँमा थिए । सरकारका प्रतिनिधि सरकारले दिएको रु १५००० रुपियाँ  बाड्दै थिए ।  यो रकम लगभग तीन महिना पछि बाडिएको थियो । गाउले आए , पैसा लिएर गए । नाम नमिलेकालाइ पाँच जना गाउँलेको सिफारिसमा सरल तरिकाले रकम दिइयो । साच्चै यो सरल र राम्रो काम थियो ।
अब म विषय प्रवेश गर्छु । यो रकम एक त धेरै ढिलो दिइएको थियो । के कारणले हो थाहा भएन । प्रायजसो गाउँलेले  अस्थाइ घर बनाइसकेका थिए ऋण धन जे गरेर भएपनी । सायद त्यही भएर होला उनीहरुमा  आफुखुशी यो पैशा खर्च गर्ने हक राख्थे । भोलिपल्ट  म त्यही बाटो भएर काठमान्डौ जाँदै थिए । वरिपरि केही घरमा पसल थिए । केही घरमा भट्टी पसल थिए । केही घरका ढोका बन्द थिए । सायद यी घरहरु पुनर्निमाणको प्रतिक्षामा थिए । त्यही घरका पिढिमा केही मान्छे बेहोशिमा लडिरहेका थिए । वरिपरिका मान्छे भनिरहेक थिए कि । रु १५००० को कमाल । जो मान्छे आफै भारी बोक्ने वा यस्तै यस्तै काम गर्ने गर्थ्यो । उहिले नै एक बोरा चामल किनेर भरिया खोजेर घर गयो । रु १५००० को भोलि पल्ट भट्टिपसलको साहु-साहुनी मा  खुशीको चमक प्रष्टै देखिन्थ्यो । उता किराना पसलको पनि कथा यस्तै थियो । अझ कथा/गफ अघि बढ्दै थियो रु ३५००० हजारको । यो किस्ता दशै अघि दिने कुरा छ । यो किस्ता दशै अघि आए त दशै पनि राम्रै हुने आश गरिरकेका थिए । मन मनै भने भगवानले नपुर्याए नि नेपाल सरकारले तपाइहरुको मनको कुरा पुर्याउछन ।  यत्तिकैमा म अघि बढे । बाकी कुरा दशै तिहार तिरै गरौला ।
अरु उदाहरण आउँदै गर्लान ।

No comments:

Post a Comment