Monday, December 25, 2017

प्रचण्ड प्रस्तान, घामतिर या खामतिर

प्रचण्ड
चण्ड छन
उत्डण्ड छन
त्यसैले प्रचण्ड भ काछन
क्या गजबका छन उनी

दिनमा एउटा कुरो गर्छ्न
रातमा अर्कै मान्छे भेट्छन
हास्दा हास्दै रुन्छन
रुदा रुदै हास्छन
साच्चै गजबका छन उनी

प्रचण्ड आफुलाइ कम्युनिष्ट भन्छन
वास्तवमा यिनी हुनाहार क्रीश्चियन हुन
नेपालका कुना काप्चामा चर्च बनाउने यिनै हुन
नपत्याए कुना काप्चा घुम्न गए हुन्छ
क्या गजबका काम गरेका छन उनले

इन्डियामा लुकेर
पश्चिमाको भात धोकेर
सेटेलाइट फोन बोकेर
नेपाल र नेपालिको संस्कृती मासेर
अजिब नेपालको सजिव नेता भकाछ्न उनी

प्रचन्डलाइ नेपालमा कम्युनिष्ट नेता भन्छन
उता पश्चिमातिर क्रीश्चियन नेता भनी चिनिन्छन
क्या गज्जवको पात्र हुन भने
उता गए क्रीश्चिएन यता आए कम्युनिस्ट
हात्ती र हात्ती छाप,उस्तै उस्तै भन्या यहि हो

गाउघरका गरिबलाइ बन्दुक बोकाए
ती सबैलाइ बाइबल घोकाए
क्रान्तिकारी गीत गुनगुनाउन लगाए
सबैलाइ चकित पार्ने गरि आन्दोलन अगाडि बडाए
देशलाइ किस्चियनमय बनाए

मन्दिर र गुम्बा भत्काए
दिनभरी बाइबल पढाए
रातभरी बन्दुक पड्काए
मान्नेलाइ फकाए, नमान्नेला धपाए
क्या गज्जबको क्रीश्चिएन कम्युन बनाए

हामी देश दर्शन गए नोकरशाहिको दुत
पश्चिमाहरु गए  बाइबलको पञ्चामृत
आखिर कम्युनिस्ट र क्रीश्चियन थिए मित
जहाँ भेट्यो त्यही बस्थ्यो उनिहरुको प्रीत
कस्तो दुर्दसा थियो त्यो त्यतिबेलाको रित

कहाँ गए ती विकाशका भजन
कहाँ  गए ती सादा जीवन र उच्च बिचारका उद्गार
सधै देख्छु तुच्छ बिचार र निच्च मुस्कान
कठै बरा यी नेता,  यता न उता
दिल्ली जे देता , उहीँ लेता 

विकास विकास भनि कराउनि
बाइबल लिएर घरघरमा पठाउनी
दिन दुइ गुना रात चार गुना क्रीश्चियन बढाउनी
हामी घरमा बस्निलाइ दिक्क गराउनी
वा क्या काइदाका छन हाम्रा प्रचण्डका विकास

बन्दुकका नाममा बाइबल पढाएर छलाङ
हजारौलाइ सहिद बनाइ सत्ताको लागि शान्ती प्रकृयाको भर्‍याङ
निरन्तरतामा क्रम भङ्गता, क्रम भङ्गताको निरन्तरता
कहिले एमाले कहिले कङ्ग्रेस, सरकारमा निरन्तरता
जता फर्के पनि प्रधानमन्त्रीमा प्राथमिकता

बस या उठ , रोउ वा कराउ
आउने दशैंमा टीका लगाउ या नलागाउ
तिम्रो अबको यात्रा, प्रचण्ड यात्रा
कि घाम तिर कि खाम तिर
प्रचण्ड अध्याय समाप्ती तिर

जब नेपालमा नेपाली हावा चल्छ
दिल्लिको पेटिकोट लाउ वा
पश्चिमाको लगौंटी लगाउ
हावाले फुर्र फुर्र उडाउदै
तिम्रो असली तस्विर छर्लङ्ग देखाउछ

दिल्लिको दारु
दिल्लिको भारु
क्या सारो कडा
जस्लाइ छोयो उइ हुन्थ्यो बडा
अन्त्य हुन्छ होला अब यो सब लफडा

पर्दैन मन उनलाइ शिव बुद्ध श्रीराम
यो पढ्नी बेला लिनु चुस्स स्यान्ट्यार्‍याम
गणतन्त्रको लागि उनलाइ सलाम
बाकी अरु सब षडयन्त्र उनका हराम
प्रचण्डको अन्तिम मलाम, घाम या खाम

जबरजस्ती कोरेको चित्र
पैसाले किनेको मित्र
कहिल्यै बस्दैन मनभित्र
तिमी पत्याउ वा नपत्याउ मित्र
यिनको अन्तिम नाटक यहि हो सचित्र

No comments:

Post a Comment