Sunday, December 31, 2017

आकाशमा उडेको चरा

आकाशमा उडेको चरा
बादलमा हराउछ
बादलमै रमाउछ
बादलमै खुसी हुन्छ

पानीमा खेल्ने चरा
पानीमै डुब्छ
पानीमै उभिन्छ
पानीमै सन्सार खोज्छ

हिमाल चढ्ने चरा म
हिमालको उकाली ओरालीमा हराउछु
हिमालको चुचुरोमा रमाउछु
चुचुरोको वरिपरिलाई नि आफ्नो संसार ठान्छु

No comments:

Post a Comment