Monday, January 1, 2018

डोल्पा को यात्रा

डोल्पा को यात्रा
अनेक दिनको पदयात्रा
पाइलै पिच्छे झर्ने झरनाहरु
पाइल्यै पिच्छे कलकल गर्ने खोलाहरु

खुला आकाश
आकाशमुनी बादलका धर्साहरु
त्यसमुनी उड्ने अनेक चराहरु
रातभरी चम्कने जुन अनि ताराहरु

पाइल्यै पिच्छे झरनाहरु सुसेल्छन
रुखै पिच्छे चराहरु गित गुनगुनाउछन
प्रत्येक फुलहरु हावाको झक्कामा नाच्छन
खोलाहरुले मिलेर रेईं रेईं सारङ्गी रेट्छन

यो यात्रा यो आकाश
चराहरु उड्छन बदलसङ्गै घुम्छन
शुन्यतामा आउँछन शुन्यतामै हराउँछन
कस्तो अचम्म कस्तो संसार

क्या अचम्मको डोल्पा
से फोक्सुन्डो तालमा तरङ्ग आउदा
से गोम्बाको झन्डामा उमङ्ग देखिन्छ
काङ्ला पासमा गइ उभिदा
काञ्जिरोवाले नमस्कार भन्छ

No comments:

Post a Comment