Monday, January 1, 2018

हिँडेर खोला तर्छु भन्थे

मेरो आकाश मलाइ खोजिरहेछ
मेरो धर्ती मलाइ पर्खिरहेछ
मेरो झरना झर् झर् झरिरहेछ
मेरो खोला कलकल बगिरहेछ

जिन्दगी एक सपना रहेछ
बिउँझेपछी हराइजाँदो रहेछ
जे जे हुन्छ जीवनमा ती त एक कथा रहेछ
सबका सब त्यसै त्यसै बिलाइ जाँदोरहेछ

हिँडेर खोला तर्छु भन्थे
सोचेर सपना पूरा गर्छु भन्थे
भेटेर माया साँट्छु भन्थे
यी त सब भन्ने कुरा न रहेछ

म त एक अन्वेशक भएछु
तिम्रो छायाँमा घुमेछु
तिम्रो ध्वनी सुनेछु
त्यहि प्रतिध्वनीमा हराएछु

No comments:

Post a Comment