Monday, January 1, 2018

से गुम्बाको तलतल

निलो निलो आकाश मुनि
नाच्छन सेतो सेतो बादल
आउन आउ  फुमुलामु
ठोकौंसङ्गै जोर मादल

फुमुलामुको घरछेउ
कति राम्रो, शे फोक्सुन्डो ताल
कहिले बोलाउने कहिले झुक्याउने
के हो तिम्रो चाल, बुझ्नै सकिन तिम्रो मायाँ जाल

से गुम्बाको तलतल
से फोक्सुन्डो ताल
त्यही तालमा हेरि हेरि
बुन्छु तिम्रो माया जाल

निलो निलो आकाशको
निलै पर्छ तालमा छायाँ
किन किन लाग्छ मलाइ
धेरै धेरै तिम्रो मायाँ

तालको छेउमा फोक्सुन्डो गाउँ
त्ययी गाउँको बिचमा गुम्बा
मलाइ भेट्न आउ है
म तेतै कतै घुम्दा

भेट्न त मन लाग्छ
तिम्रो दादाको डर लाग्छ
किन किन नभेटे नि तिम्लाइ
मनैदेखी भर लाग्छ

बिहानिको झुल्के घाममा
तालमा आइ बस है
कसैले थाहा नपाउने गरि
सुटुक्क मेरो मन्दिर भित्र छिर है

No comments:

Post a Comment