Monday, January 1, 2018

सानो सानो खोला

सानो सानो खोला
चिसो चिसो पानी
कस्तो छ नि आनिवानी
कति राम्री नानी

सानो सानो खोला माथी
सानै छनी फड्के
नहान है कान्छी
हाम्रो मायामा छड्के

जता जता फुल फुल्छ
उतै उतै चल्छ वासना
मनको कुरा खोली मुसुमुसु हासन
तिम्रो हाँसो मेरो नसो केही छैन गुनासो

तिमिले लेख्यौ मैले पढेँ
मैले लेखे तिमिले पढ्यौ
त्यसै गरि हामी अघि बढ्यौ
यसरी नै हामी मायाको सागरमा डुब्यौ

No comments:

Post a Comment