Wednesday, July 19, 2017

यो घरले सुसेलोको त्यो घरले सुनिदिन्छ

फुलहरु फुल्छन तेतै कतै
संसारै आकर्षित गर्छन त्यसै त्यसै
मायाहरु हिड्छन तेतै कतै
मनहरु डुल्छन उतै उतै

पहाडको गाउँ गोरेटो बाटो
यो घरको ठिटो , त्यो घरकी ठिटी
कहिले भेट्छन पधेरोमा
कहिले भेट्छन अधेरोमा

यो घरले सुसेलोको त्यो घरले सुनिदिन्छ
समय मिलेपछी चन्द्रसुर्य मिलिदिन्छ
फुलेका फुलहरु उडेका भमरा
दशै आएपछी लाइहाल्छन जमरा

No comments:

Post a Comment