Saturday, January 26, 2019

म एक दलाल

म एक दलाल
म जस्तै मति हिन
म जस्तै गति हिन
म जस्तै बिचार बिहिन
म जस्तै सोच बिहिन
म जस्तै बुद्धि बिहिन
यहाँ केवल दलाल बस्छन
म जस्तै दलाल
दिनमा दलाली
रातमा दलाली
हुदा हुदा सपनामा पनि दलाली
देश जहाँ पुगोस,छु मतलव
सिर्फ मेरा ब्याङ ब्यालेन्सले सगरमाथा चढ्नुपर्छ
यहाँका बुद्धिजिवीलाइ मेरा कलम बनाउनुपर्छ
दलाल बुद्धिजिविले कलम चलाउँछन
अक्षर अक्षरमा मेरा बिर्य रोप्छन
थाल थालमा मेरो बिर्य पस्कन्छ
बोटुका बोटुकामा मेरो बिर्य पिउछ्न
क्या बात !! दिन या रात
सम्भोग सम्भोगमा मेरो बिर्य चुहाउछ्न
हो यसरी नै मेरो दलालि बिर्य
अर्को बर्ष बिरुवा बन्छ
बढ्छ, फुल्छ अनि फल्छ
देश भरी यसले ढाक्छ,
के ले ढाक्छ त
दलाल र दलाली
आमा दलाली, बाउ दलाल
छोरी दलाली, छोरा दलाल
काका काकी दलाल, मामा माइजू दलाल
छिमेकी दलाल, गाउँले दलाल
शिक्षक दलाल, प्राध्यापक दलाल
विध्यार्थी दलाल, कर्मचारी दलाल
पत्रकार दलाल, पुलिस दलाल
नेता दलाल, कार्यकर्ता दलाल
राजदुत दलाल, पुरै सरकार दलाल
स्कुलमा कलेजमा देश पढाइन्न
केवल दलाली पढाइन्छ
पाठ्यपुस्तक दलाली, शिक्षक दलाल
स्कुल या विस्वविध्यालय
फगत एक दलाल उत्पादन गर्ने कारखाना
सरकारी अड्डा , फगत एक दलाली घर
अर्थात भ्रस्टचार/दलाली गर्ने मुकाम
यहाँ शिर्फ म नै म देख्छु
जसको अनुहार हेरे पनि मै देख्छु
जसको छायाँमा पनि मै देख्छु
आखिर सबै मेरो बिर्य त हुन
कम्युम्निस्ट या काङ्रेस
बिबेकशिल या बिबेहिन
समाजबादी या पुँजिबादी
साम्यबादी या तानाशाही
सब एक दलालवादी हुन
नाम फरक, काम एकै हुन
मुहार फरक, मस्तिष्क एकै हुन
चित्र फरक होला, चरित्र एकै हुन
फगत एक दलाल, म जस्तै










No comments:

Post a Comment