Friday, August 11, 2017

खोला बगेर के भो

कहिले दायाँ घुम्छु
कहिले बायाँ घुम्छु
जता जता घुमे पनि
तिम्रै लागि रुन्छु

तिमी पुर्व जाउ या पश्चिम
यात उत्तर जाउ या दक्षिण
तिमी जता जता गएपनी
मत सधै सधै तिम्रै हुन्छु

खोला बगेर के भो
ताल जमेर के भो
मुना र मदन नभेटेर के भो
आखिर जे हुनु छ त्यो भो

माया खोला हो
कहिले बगेर जान्छ
माया ताल हो
कहिले जमेर बस्छ

माया मुना र मदन पनि हो
कहिले भेटेर छुट्टिन्छ
माया यस्तै यस्तै हो
कहिले नभेटी सकिन्छ

तिमी सन्सार हौ
जुन तारा झै घुमिराख
आफ्नो कुरामा बिश्वास राख
बुद्ध बनी चम्की राख

माया भन्ने यस्तै हो
नभेटेकै राम्रो हो
भेटेपछी त्यही त हो
कहिले मिलन कहिले झगडा

No comments:

Post a Comment