Saturday, August 12, 2017

ज्यान कसैको नजाओस भन्छ हाम्रो सरकार

क्या गज्जब छ हाम्रो सरकार
बर्षामा बाढी आओस ज्यान कसैको नजाओस भन्छ
हिउदमा भुकम्प आहोस ज्यान कसैको नजाओस भन्छ
सान्चै हाम्रो सरकार क्या दाम्मी छ
सास गए नि ज्यान कसैको नजाओस भन्छ

मैले अचम्म मान्दै सोधे, किन महाराज
सास गए नि ज्यान  कसैको नजाओस
महाराज आज्ञा गर्नु हुन्छ
किन भन्दा खेरी , किन भन्दा खेरी
महाराज केही भन्दै हुनुहुन्छ
के भन्ने , यहाँ केहि भनी अवस्था नै छैन
भन्नुस न महाराज म एक्लै छु भनी बिन्ती बिसाया

महाराज फेरि आज्ञा गर्नु हुन्छ
बाढी आको ठाउँमा कसरी हेलिकप्टर ल्यान्ड गर्ने
भुकम्प आको गाउँमा कसरी हेलिकप्टर ल्यान्ड गर्ने
मलाइ चाहिँ मेरो ज्यानको माया छैन
मलाइ देशको भन्दा ज्यानको माया धेरै छ
ज्यानको भन्दा पदको माया धेरै छ
त्यही भएर म फेरि भन्छु
सास गए नि ज्यान कसैको नजाओस

भुकम्प आको त दुई वर्ष भयो नि महाराज
ती घरहरु कहिले उभिन्छन त महाराज
महाराज फेरि आज्ञा गर्नु हुन्छ
यो देशका जनता कुरै बुझ्दैनन
घरहरु बने भने के भनेर भोट माग्ने
अझै तीन तीन ओटा चुनाव बाकी छ
अब त झन गज्जब भो
केखोज्छस कानो आखो भाछ
तराइमा भुकम्प नआएर भोट माग्ने एजेन्डा नै थेन
अब बाढी आएर गज्जबको एजेन्डा बनाइदियो
हाम्रा भगवान गज्जवका छन भन्या

महाराजलाइ अरु केहि चिन्ता छ कि महाराज
मलाइ चुनावको एजेन्डाको चिन्ता छ
कतै बाढिले दक्षिणको ड्याम भत्काइ दिन्छकी
यो भत्काइ दियो भने बरबाद हुन्छ
मेरो भोट माग्ने एजेन्डा भारत पुग्छ
अनि उताकालाइ सजिलो पर्छ
हामी र हाम्रा खोला-नाला लाई गाली गरि भोट माग्छन
यता हामी चाहिँ एजेन्डा बिहिन
कम दुखको कुरो हो यो
म र मेरो माहान पार्टिलाइ
यस्ता कुरा तपाइहरु बुझ्नुहुन्न
तपाइहरु बच्चै हुनुहुन्छ

महाराज अनि डा: केसिको अनसन नि
खै मलाइ थाहा छैन अनसन सनसनको कुरा
मलाइ तीन करोडको चिन्ता छ
तपाईं एक एक जनाको कुरा गर्नु हुन्छ
मैले मेरै पार्टीको सप्पै कार्यकर्ता त चिन्दिन
अझै भन्नू पर्दा मलाइ कस्कस्ले भोट हाले त चिन्दिन
तपाईं जनताको कुरा गर्नु हुन्छ
आखिर तपाईं मलाइ के सोच्नु हुन्छ ह
नबोलम भनेको बोल्न बाध्य पार्नु भो
यी के सि ले चौपट बनाएका छन
मेरो मुखमा पट्टि बाधिदिएका छ
मेरो पदको हात खुट्टा बाधिदिएका छ
चुनाव खर्चको बन्ध्याकरण गर्न खोज्दै छन 
तीन तीन ओटा चुनाव आउदै छन
मैले के सि को माग पूरा गरे भने
मलाइ चुनाव खर्छ कस्ले दिन्छ
मेरो पार्टीलाइ चुनाव खर्च कस्ले दिन्छ
तिनका बाउले दिन्छन
यिन ले राजनितिनै बुझ्दैनन
खाली जनता भन्या छ करा छ करा छ
मेरो त कानै पकिसक्यो
म र म पछाडिका पुस्ताको राजनीति समाप्त पार्न खोज्दैछन
जनताको ठेक्का लिनि म , कराउनि उनी
क्या गार्‍हो पार्या छ भन्या
बेला न कु बेला आमरण अनसन भन्या छ
यहाँ मलाइ कत्रो पिर छ यो अनसनको
के सि को सास गए त केही हुन्न
तर ज्यान गयो भने बर्बाद छ
त्यही भएर म फेरि भन्छु
सास जाओस ज्यान कसैको नजाओस
जय नेपाल, गए नेपाल , अब नखुज्नुस मानविय नेपाल

अन्तिममा मनमनै महाराजलाइ सोधे
तपाइ यो देशको महाराज कि यमराज ?
हास्दै एउता तस्विर कानमा आइ करायो
यमराजलाइ माहाराज बनाइ भुल गर्दै छउ
सक्की गो त अब , के नै बाकि  रह्यो र ।

No comments:

Post a Comment