Tuesday, August 22, 2017

सधै सधै घुम्ने छु तिम्रै वरपर

आधी जीवन पियर बिताए
आधी जीवन हिडेर बिताए
मैले के गरिन यो जीवनमा
तिमिलाइ पाउन भनी

कहिले होसमा हिडे
कहिले बेहोसिमा हिडे
होसमा हिडे पनि बेहोसिमा हिडे पनि
तिम्रै नाम जपि जपि हिडे

कहिले होसमा पिए
कहिले बेहोसिमा पिए
होसमा पिए पनि बेहोसिमा पिए पनि
तिम्रै नाम जपि जपि पिए

हिड्दा हिड्दा खुट्टाहरु कामे
पिउदा पिउदै दिमागहरु घुमे
तर तिम्रो नाम जप्ने ओठ
कहिल्यै पनि रोकिएन

तिमि आउ या नआउ
अब फरक के नै पर्ने छ र
दुई दिनको यो जिन्दगी
अब छिटै पूरा हुँदै छ र

ढिलो चाडो पुग्ने छु आर्यघाट तिर
धुवा बनी घुम्नेछु वायुमन्डल तिर
धुलो बनी उड्नेछु तिम्रै वरपर
सधै सधै घुम्ने छु तिम्रै वरपर

No comments:

Post a Comment