Friday, August 18, 2017

यो माया भन्ने चिजै कस्तो कस्तो

यो माया भन्ने चिजै कस्तो कस्तो
आखाले हेर्‍यो देखिदैन
मनमा के छोयो
छोडि जान सकिँदैन

सपनीमा हास्दा खेरी
बिपनिमा उठि रुन्छु
सपनीमासगै हुदा
बिपनिमा एक्लै हुन्छु

तिमी कस्ति भने
सपनिमासगै आउने गीत गाउने नाच्ने
बिपनिमा भने
मलाइ एक्लै छोडी भाग्ने

यो माया भन्ने चिजै कस्तो कस्तो
आखाले हेर्‍यो देखिदैन
मनमा के छोयो
छोडि जान सकिँदैन

तिम्रो माया कस्तो कस्तो
एक्लै हुदा जुन तारा जस्तो
खोज्दा कहिल्यै नदेखिने
सुर्यको किरण जस्तोके

आकासको तारा गनेर गन्न सकिन्न
मायालाइ हेरर देख्न सकिन्न
यो त एक अमृत हो
जति पिए पनि तलतल मेटिन्न

यो माया भन्ने चिजै कस्तो कस्तो
आखाले हेर्‍यो देखिदैन
मनमा के छोयो
छोडि जान सकिँदैन

No comments:

Post a Comment