Saturday, August 12, 2017

राती राती आकाशमा हेर्नू

म सानो छदा, आमा भन्नू हुन्थ्यो
राती राती आकाशमा हेर्नू
तारा खस्या देख्यो भने
मनको कुरा खुसुक्क भन्नू

यो कुरा अरु कसैलाइ नभन्नु
सधै सधै आफ्नो मनमा राख्नु
दुखपर्दा राती आकाशमा जुन तारा हेर्नू
सुस्त सुस्त पिर ब्यथा जुन तारामा सार्नु

तिमी साझ सुत्दा एउटा कुनाको जुन तारा
तिमी बिहान उठ्दा अर्को कुनामा पुग्छ
जिन्दगीको एउटा कुनाको दुख
हिड्दा हिड्दै अर्को कुनामा सुख भै उभिन्छ

No comments:

Post a Comment