Thursday, August 3, 2017

हिमाल त सबतिर छन  यत्र तत्र सर्वत्र

हेर नेपाली हो
हिमाल कसरी उभिएको छ
पढ नेपाली हो
हिमाल कसरी बनेको छ
खोज नेपाली हो
के हो हिमालको बिशेषता

कति लेख्छौ सधै
नेपाल हिमालै हिमालले भरिएको देश हो
कति पढाउछौ अझै
हिमाललै हिमाले भरिएको देश नेपाल हो
कति दिन सम्म गर्व गर्छौ
बिदेशको हिमाललाइ पनि हाम्रै भनी

नेपालको प्रधानमन्त्री यस्ता छन
बिदेशको हिमालको फोटो आफ्नो बैठक कक्षमा राख्छन
अनेक देशका पहुना भेट्छन
हिमालको फोटो सङ्गै फोटो सेसन गर्छन
मनमनै देशको गौरभ बढाएको सोच्छन
वास्तविकता के हो कल्पनानै गर्दैनन

हे भगबान !!! यो कस्तो बिडम्बना
हिमाल त सबतिर छन  यत्र तत्र सर्वत्र
के टुप्पोमा सेतो हुने बित्तैकै हाम्रै हिमाल हुन्छ र
कपाल फुल्ने बित्तिकै मान्छे बूढो हुन्छ र
पढौ सोचौ खोजौ बुझौ , के के कुन कुन हाम्रो हो
सके देश र हिमाललाइ राम्रो गरौ, नसके नराम्रो नगरौ

रमेश सिंखडा
@photolayas

No comments:

Post a Comment