म सामन्ती बाहुन
बाटोमा हिड्दै थिए
अचानक चप्पलको तना फुस्कियो
मेरो पाइला अचानक रोकियो
मेरो कानमा एउटा आवाज अचानक ठोक्कियो
नेपाल बन्छ बन्छ
मेरा आखाहरु यता उता चल्मलाय
कानमा आएर फेरि ठोक्किए उहीँ आवाज
नेपाल बन्छ बन्छ
एकै छिन केहिले मतिर हेरे
एक आपसमा खासखुस गरे
मलाइ हेर्दै भने हेर हेर
उ त्यो सामन्ति बाहुन
म सामन्ती बाहुन
पैतलातिर फाटेको चप्पलमा तना छिराए
चप्पललाइ भुइँमा हुर्याए
खुसुक्क खुट्टा छिराए प्रीय चप्पलमा
उनिहरु उफ्री उफ्री कराए
केहिले उफ्री उफ्री दोर्याए
सामन्ती बाहुन मुर्दाबाद , मुर्दाबाद
पाहडे रास्ट्रवाद मुर्दाबाद , मुर्दाबाद
फेरि उफ्री उफ्री कराए
फेरि उफ्री उफ्री दोर्याए
मधेशी जिन्दाबाद, जिन्दाबाद
जनजाती जिन्दाबाद , जिन्दाबाद
म सामन्ति बाहुन
पुर्याउन आएको छोरालाइ चामल र तिहुन
जुत्ता लाउनेले चप्पल लाउनेलाइ सामन्ती भनेको क्यासुहाएको
क्या गज्जप छ हाम्रो नेपाल
No comments:
Post a Comment