Tuesday, August 22, 2017

भन भन काइली, पठाइ दिउला सुनैको थैली

कतारको गोठमा
सुनको घोडा सुनैको तबेला
केछ काइली तिम्रो खबर
काम त मेरो सोर्ने गोबर

आफ्नो घर आफ्नै हो आगन
फुलको बोट फुलैको बगैँचा
के छ काइला तिम्रो खबर
बेला बेला पठाउ है सम्चार

परदेशको ठाउँ
दुख पर्दा सधै लिन्छु तिम्रै नाउ
यहाँ त यस्तै छ तिमिलाइ कस्तो छ
भन भन काइली
पठाइ दिउला सुनैको थैली

स्वदेशको ठाउँ आफ्नै पर्यो गाउँ
दुख पर्दा लिन्छु सधै तिम्रै नाउ
यहाँ त यस्तै छ तिमिलाइ कस्तो छ
सुन सुन  काइला
बाधेर राखेको छु मायाको थैला 

सम्हालेर राख है मायाको थैला  
नलागोस  यसमा फोहोर अनि मैला
म त ठिकै छु तिम्लाइ कस्तो छ
भन भन काइली
पठाइ दिउला सुनकै थैली

तिम्रो माया, मनमा राखी, मेरो मायाले छोपेकी छु
दिन दिनै तिम्रो तस्बिर हेरि , आशुले धोएकी छु
मत ठिकै छु , तिमिलाइ कस्तो छ
सुन सुन काइला
जोगाएर राखेकी छु मायाको थैला

हातमा  ठेला , आखामा अश्रुको भेला
तिमी त्यता आगनिमा  म यता परदेशमा
जिन्दगी यसै के गरि जाला
भनभन काइली 
पठाइ दिउला सुनकै थैली

हातमा ठेला , आखामा अश्रुको भेला
तिमी त्यता परदेशमा  म यता आगनिमा
जिन्दगी यसै, के गरि जाला
सुन सुन काइला
छिटो आउ खोल्नलाइ मायाको थैला

No comments:

Post a Comment