Sunday, September 2, 2018

म त शहरकी बेस्स्या

म त शहरकी बेस्स्या
सबले किन गर्छन मेरै ईर्ष्या
म त रहरकि बेस्स्या
म जता फर्केपनी कर्के नजरले किन हेर्स्या

म मरै बाटो हिड्छु
म मेरै शहर घुम्छु
कहिले शहर भित्र रहर खोज्छु
कहिले रहर भित्र शहर खोज्छु

शहरका चोक चोकमा
नजर चोरहरु नयन खोली बस्याछन
चोकका वरिपरि ठुला ठुला तस्विरमा
सबैले मेरै जवानी बेचेका छन

सबैको कल्पनामा म पुगेकै छु
सबैको सपनामा म घुमेकै छु
सबै मेरो सगरमाथामा चढेकै छन
सबै मेरो सागरमा डुबेकै छन

म त सहरकी बेस्स्या
खोलाको पानी कसरी छेक्नी
मत रहरकी बेस्या
बढेको जवानी कसरि रोक्नी

हिड्छु शहरको चौबाटोमा
सबको नजर मैमा अडिन्छन
गुडिरहेका कारहरु बाटोमै रोकिन्छन
उडिरकेका नजर मैमा ठोकिन्छन

मेरो रहर मेरो जवानी
पानीका फोका जस्तै हुन
छिन छिन मा फुट्छन
छिन छिनमा हराउछन

दिनमा घामको किरणहरु झै नजरहरु फाल्छन
साझको अध्यारोसगैं मदिरामा रम्छन
रातभरी मेरा सगरमाथा र सागरमा हराउछन
घामको किरणसगैं सबै एकपलमै बिलाउछ्न

म त बेस्स्या यो सहरको
को छ चोखो यो शहरमा
म त बेस्स्या रहरको
को छैन भोको यो शहरमा








No comments:

Post a Comment