Saturday, May 6, 2017

हाम्ले तिम्लाइ छुदा

हाम्ले तिम्लाइ छुदा
फोहोर हुन्छ तिम्रा ती मनहरु
तिम्ले हाम्लाइ हेर्दा
फोहोर हुन्छ तिम्रा ती नजरहरु

टाढा लैजाउ ती तिम्रा मनहरु
नजिक नडुलाउ ती तिम्रा नजरहरु
तिम्रा पापले हाम्रो धर्म छोप्न सक्छ
हाम्रो धर्मले तिम्रो पाप छोप्न सक्छ

न आउ वर वर, सर अलि पर
ती मनलाइ अन्तै डुलाइदेउ
नजरलाइ नयनमा लुकाइदेउ
पाप र धर्म सबै हटाइदेउ

No comments:

Post a Comment