Saturday, May 6, 2017

उनी सुनसान कोठा भित्र आउछिन

उनी सुनसान कोठा भित्र आउछिन
पछाडिबाट कोमल हातले मेरा आखा छोपिदिन्छिन
म शान्त बसिदिन्छु केही थाहा नभएको भावमा

उनी हत्तपत्त मेरो लामपुछ्रे कपाल तान्छिन
मेरो टाउकोलाइ उनी तिर घुमाउछिन
रिसानिको भावमा ठुला आखाले मलाइ हेर्छिन

म मेरो भावलाइ म भित्रै लुकाइ बस्छु
उनी खुसुक्क दुई कोणिय अधर मतिर सोझ्याउछिन
म खुसुक्क उनको चुल्ठो समाइ उनीलाइ फेरि रोकिदिन्छु

उनी फेरि मेरो लामपुछ्रे कपाल उनीतिर अलि जोडले तान्छिन
फेरि उनको दुई कोणिय अधर म तिर शोझ्याउछिन
म टाउको तल झारी खुसुक्क बसिदिन्छु

उनी फेरि मेरो लामपुछ्रे कपाल जोडले माथितिर तान्छिन
जोडले तानेर दुई हातले आलिङ्गनमा बाधिदिन्छीन
म हारिदिन्छु , उनी जितिदिन्छीन

उनको संसारमा म हराइदिन्छु
उनको भावमा म डुविदिन्छु
यसरी नै उनको नया संसार बनाइदिन्छु

No comments:

Post a Comment