Wednesday, May 10, 2017

एके चोटि नेपाल घुमेर हेर

एके चोटि नेपाल घुमेर हेर
हिमालको कन्चन पानीमा डुबेर हेर
कति कन्चन छ त्यो पानी
एक अन्जुली उठाएर हेर

जाउ हिन हेर्न आमाको मुहार
हिमालयको फेद गङ्गाको शिर
सुकेको घाँस फुटेको ढुङ्गा
जमेको पानी लुकेको जवानी

त्यो भिर अनि पाखा र पखेराहरु
त्यही बिचमा बग्ने कन्चन नदि र नालाहरु
त्यही रम्ने अनि खेल्ने डाफे र मुनालहरु
त्यही फुल्ने गुरासहरु डुल्ने कस्तुरी हरु

No comments:

Post a Comment