Saturday, May 6, 2017

सबैले भन्छन म ज्ञानी छु म भन्छु , सबैभन्दा अज्ञानी म छु

सबैले भन्छन म ज्ञानी छु
म भन्छु , सबैभन्दा अज्ञानी म छु

हिजो जस्तै लाग्छ मलाई
ठुलो मामाले हात समाइ स्कुलमा भर्ना गरिदिनुभएको
हिजो जस्तै लाग्छ मलाइ
सरहरुले क ख ग घ पढाउनु भएको

सबैले भन्छन म ज्ञानी छु
म भन्छु , सबैभन्दा अज्ञानी म छु

हिजो जस्तै लान्छ मलाइ
ए बि सि डि पढ्न सार्है अफ्टेरो लागेको
हिजो जस्तै लाग्छ मलाइ
मेरो गल्तिगरुमा सरहरुको लौरो र हत्केलाको नपाइ

सबैले भन्छन म ज्ञानी छु
म भन्छु , सबैभन्दा अज्ञानी म छु

हिजो जस्तै लान्छ मलाइ
एस एल सि सेकेन्ड येरमा पास गरेको
हिजो जस्तै लाग्छ मलाइ
कनि कनि कलेज पास गरेको

सबैले भन्छन म ज्ञानी छु
म भन्छु , सबैभन्दा अज्ञानी म छु

हिजो जस्तै लाग्छ मलाइ
पैसाले ब्याचेलर पढन ब्रेक लागेको
हिजो जस्तै लाग्छ मलाइ
आजका यी दिनहरु सपनामा सोचेको

सबैले भन्छन म ज्ञानी छु
म भन्छु , सबैभन्दा अज्ञानी म छु

No comments:

Post a Comment