Wednesday, May 10, 2017

सुन्नुस हजुर अब गजब नेपालको अजब कथा

सुन्नुस हजुर अब
गजब नेपालको अजब कथा

कोहिले दिए बन्दुक हातमा
कोहिले राखिदिए पासपोर्ट गोजिमा
बन्दुक हातमा, मन मस्तिष्क युद्धमा
पासपोर्ट गोजिमा, मन मस्तिष्क विदेशमा

सुन्नुस हजुर अब
गजब नेपालको अजब कथा

कोहि गए युद्धमा क्रान्ती गर्नलाइ
कोहि गए विदेशमा परिवार पाल्नलाइ
नेता मात्र शेष रहे हाम्रो नेपालमा
विकासमात्र शेष रह्यो हाम्रो नेपालमा

जोइपोइ  पार्टीका बडे नेता
छोरा, छोरी बुहारी युवा नेता
नाति नातिना विद्यार्थी नेता
उफ!! जनता गए कता कता

सुन्नुस हजुर अब
गजब नेपालको अजब कथा

पोइ प्रत्याक्षमा चुनाब लड्ने
जोईलाई सपानुपातिक बाट लुत्त छिराउने
व्यापारी चन्दामा समानुपातिक पद किन्ने
यिनीहरुमा लाज सरम सकिएपछी हाम्ले के भन्ने

सि र डि ग्रेडलाई आरक्षणबाट अधिकृत बनाउने
ए र बि ग्रेडलाइ दुबइ कतार पठाउने
अनि हाम्रो नेपाल कल्ले बनाउने
विचरा ती टाउको भएको दिमाग नभएका मुर्कट्टाहरुले

अब सुन्न के नै बाकी रह्यो र
गजब नेपालको अजब कथा

कोइ कोइ बौलाएका छन यहाँ
जय नेपाल भन्न लजाएका छन यहाँ
कोइ कोइ राष्टियता भजाई रहेका छन यहाँ
कोइ कोइ नेपाली भन्न लजाइ रहेका छन यहाँ

कस्ले कल्लाइ के भन्ने यहाँ
च्याउ भन्दा धेरै पार्टी उम्रीएका छन यहाँ
जनता भन्दा नेता धेरै भए यहाँ
अब अङ्गिकृत नेता थप्यो भने के होला यहाँ

अब सुन्न के नै बाकी रह्यो र
गजब नेपालको अजब कथा

No comments:

Post a Comment