Saturday, May 6, 2017

कस्ले भन्छ हजुर कर्नालिमा धान फल्दैन

कस्ले भन्छ हजुर
कर्नालिमा धान फल्दैन
आउनुस कर्नाली  हजुर
हेर्नुस खोला किनार
उभिएका छन टौवाका लहर
कस्ले भन्छ हजुर
कर्णालीमा खोला बग्दैन
आउनुस  हजुर हेर्नुस
हुम्लामा बग्छिन हुम्ला कर्णाली
मुगुमा बग्छिन मुगु कर्णाली
जुम्लामा बग्छिन जुम्ला कर्णाली
डोल्पामा बग्छिन डोल्पा कर्णाली
कर्णालिको कण कणमा बग्छिन कर्णाली
तर अफसोच, कसैले देख्दैन कर्णाली

No comments:

Post a Comment