Saturday, May 6, 2017

मनाङ्गे नानी हासी हासी बोल्ने कति राम्रो बानी भुल्न नै नसक्ने

मनाङ्गे  नानी
हासी हासी बोल्ने
कति राम्रो बानी
भुल्न नै नसक्ने

बाहुनको छोरो
धादिङ्गे मोरो
घुम्नलाइ आको मनाङ
यता हेर्यो उता हेर्यो
हिमालै हिमाल

हासी हासी सोधे मैले
कता जानी नानी
घुमाउन लैजाउ है
तिलिचो ताल हाम्लाइ नि

मनाङ्गको नानी
हासी हासी बोल्ने
कति राम्रो बानी
भुल्न नै नसक्ने

मनाङ्ग गाउँको माथी माथी
तिलिचो ताल छ
तेई तालको वरिपरि
तिमिसंग घुम्ने रहर छ

भन भन मनाङ्गे नानी
के छ तिम्रो बिचार
मनले बोलाइ लैजाउ की
हातमा समाइ लैजाउ

उकालिमा थकै लाग्दा
हात समाइ तान है
त्यो मनको कुरा
बिस्तारै यो मनमा सार है

तिलिचो ताल घुमेर
थोरोङ ला पास जाने हो
मुक्तिनाथ झर्नि हो
बुद्ध मन्दिर जाने हो
विष्णुलाइ साक्षी राखेर
तिमिलाइ लानी हो

मनाङ्गे नानी
हासी हासी बोल्ने
कति राम्रो बानी
भुल्ननै नसक्ने

हिमाल जस्तै सुन्दर तिम्रो त्यो मनको डेरा
तिलिचो ताल जस्तै सुन्दर यो मनमा सार है
तिम्ले तिम्रो मनको डेरा यो मनमा सारेपछि
हाम्रो माया बग्छ है मर्स्याङ्दी जसरी

कहिले झरना जसरी झरौला
कहिले खोला जसरी बगौला
जता जता झरेनी , जता जता बगे नि
संगै संगै  झरौला, संगै संगै बगौला
मायाको माला उनौला
मर्स्याङ्दी नदि झै, सन्सारै घुमौला

भन भन मनाङ्गे नानी
के छ तिम्रो बिचार
मनले बोलाइ लैजाउ की
हातमा समाइ लैजाउ

मनाङ्गे  नानी
हासी हासी बोल्ने
कति राम्रो बानी
भुल्न नै नसक्ने

No comments:

Post a Comment