Saturday, May 6, 2017

यो जिन्दगी के हो के हो

यो जिन्दगी के हो के हो
कहिले पश्चिमका गोरिसङ्ग घुमियो
भएभरका डाडाकाडा  चारियो
रोमियो र जुलिआको कुरा गरियो

यो जिन्दगी के हो के हो
कहिले भारतकि कालिसङ्ग घुमियो
भएभरका पाहाड डुलियो
ममताज र मुगले सम्राट्को कुरा गरियो

यो जिन्दगी के हो के हो
कहिले चिनकी पहेलीसङ्ग घुमियो
भएभरका बाटाहरु हिडियो
लिआङ सान्पो र चुयिन थाइ कुरा गरियो

यो जिन्दगी के हो के हो
नत रोमियो जुलियाको कथा हो
नत ममताज मुगल सम्राटको पटकथा हो
नत लिआङ सान्पो र चुयिन थाइ सम्वाद हो

यो जिन्दगी त केवल एक कथा हो
यस्तै कथा पढ्दै हिद्ने पागलपन हो
यस्तै पागलपन भित्र आफ्नो यात्रा खोज्नु हो
त्यही यात्रा नै वास्तविक जीवन हो

No comments:

Post a Comment