बढेको उमेर
उढेको रङ्ग
फुलेको दारी
पिथ्युमा सयकिलोको भारी
कहिले चढ्छु खुम्बु खोलाको उकाली
भरेर डोको सयकिलोको भारी
पछि झर्छु खुम्बु खोलाको ओराली
पुर्याएर डोकाभरिका भारी
शहर परदेश जादा सुने
भारी बोक्ने गाडीलाइ लरि भन्दा रैछन
यता वारि, हाम्रा भिर पाखा भरी
हामी नै पो रहिछौ त्यो लरि, हरे म कठैबरी
त्यतै कतै उकालिमा लरि बन्दै हिंड्दा
भट्टी पसलका चरिहरुले चियाएर हेर्दा
भारी यसो टेको लगाएर मुसुक्क हासिदिन्थे
हासोसङ्गै सिङो जवानी पठाइदिन्ठे
उनिहरु मन-मनैले बोलायर नजर अन्तै डुलाइदिन्थे
म उनिहरुलाइ हेरि हेरि मनलाइ हलुङ्गो बनाइदिन्थे
उनिहरु सयकिलोको भारी त्यतैकतै लुकाइदिन्थे
लुकाएको भारिमा अर्को सयकिलोको माया थपिदिन्थे
त्यो दिनको सम्झना त्यो समिप्यता
कती मीठो थियो त्यो हाम्रो गोप्यता
कता गइन आज उनी , छैनन यतातिर
दारी फुलेको म बूढो, छिटै बन्दैछु मुडो
No comments:
Post a Comment