Wednesday, September 11, 2024

यो देश देवताको थियो

यो देश देवताको थियो 

पहिले यो देवलोक थियो 

अलि पहिला देव भुमी थियो 

अहिले के भयो भयो 


अलि पहिला 

मान्छे ऋषि बन्न यता आउथे 

अहिले 

मान्छे शिशी र उर्वशी तान्न आउछन् 


के थियो, के भयो 

कहाँ थियौ, कहाँ आयौ, 

दिन हरु रात भय, रातहरु दिन भय 

चरा कराउने जङ्गलमा 

मोटर कराउन थाले 

जनावर बस्ने जङ्गलमा 

मान्छे बस्न थाले 

ऋषि जन्माउने रुखहरु ढाले 

ऋषि जन्माउने किताबहरु च्याते

सिसि जन्माउने स्कुल खोले 

देश शिशी शिशीले भरियो 

मतलव खाली शिशी


यो खाली शिशी अहिले को समस्या हो

न यसलाइ गाड्न मिल्छ 

न यसलाइ खान मिल्न्छ 

यो खान पनि नमिल्ने गाड्न पनि नमिल्नेले 

देश कसरी बनाउछ 

यसले खाली शिशी दियर या देखाएर 

माग्न मात्र सिकाउछ 

हुन पनि हो 

मेरो देश 

माग्नलाई नै दीक्षितले चलाइरहेका छन 

देश माग्ने भएको छ 

दिनका दिन हजारौलाइ 

माग्न बिदेश पठाएका छन 

बिदेशमा माग्ने शिक्षा पढ्न पठाएका छन 

अचम्म छ  यहाँ

आफ्नो नाक काटिदा 

झनै नाक फुलाएका छन 

तर बिडम्बना 

आफू बिरामी हुदाँ पनि 

देश बिरामी नदेख्ने हरामी जन्माएका छौ 


जबसम्म यो देश 

खाली शिशी वा बिदेशीको खलाशीले चलाउछन 

बुझे हुन्छ, यहाँ माग्ने मात्र हुन्छ 

दिने भेषमा आएर लुट्ने मात्र हुन्छ 

अनुहार आफ्नै जस्तो देखे नी 

तिनिहरु भित्र राक्षस लुकेको हुन्छ 

राक्षसले के गर्छ भन्नै पर्दैन 

देश मारेर, नाच्छन 

आफन्त मारेर, हास्छन 

भेष र भाषा मारेर, खुशी हुन्छन 

यो देश माग्नेहरुबाट बचाउ 

आफुलाई मगन्ते हुन बाट जोगाऊ

यो देश देवताको थियो 

पहिले यो देवलोक थियो 

अलि पहिला देव भुमी थियो 

अहिले के भयो भयो

चेतना भया 

जय शम्भो 




No comments:

Post a Comment