Wednesday, September 11, 2024

जब हामी

जब हामी 

आकाशमा गङ्गा 

गङ्गा भित्र आकाश देख्छौ 

अनि हामी 

आफैले आफैलाइ प्रश्न गर्न शुरु गर्छौ 

मैले के देखे ?

मैले देखेको के हो ?

के म ठिक छु ?

आफैले आफैलाइ सोध्दा सोध्दै 

गङ्गा भित्रबाट आफ्नै छाया बोल्छ 

त ठिक छस् 

अब आफुलाइ भन्दा 

आफ्नो बिचारलाइ अलि धेरै ध्यान दे 

आफुलाइ ध्यानले छोपे पछी

ध्यानमा बिचार, बिचारमा ध्यान आउँछ 

जसरी बिउलाइ 

जमीनमा गाडेपछि अंकुरणाउछ 

त्यसरी नै हामी भित्र 

खुसी छचल्कीन्छन  

अनि खुशी माथी आनन्दको सुर्य उदाउछ 

त्यहीबाट सुरुहुन्छ 

नकारात्मक विचार र उर्जाको वास्पिकरण 

आफ्नो मन र मस्तिष्कको शुद्धिकरण 

अनि आफै भित्र 

मन मन्थन शुरु हुन्छ 

जीव र जीवन के हो ?

जीवन र जगत के हो? 

तब थाहा हुन शुरुहुन्छ

जीवन नै जगत हो 

जगत नै जीवन हो 

आकाश नै गङ्गा हो 

गङ्गा नै आकाश हो

जय शम्भो !! 








No comments:

Post a Comment