Wednesday, September 11, 2024

आगो बल्दैमा तातो हुने भा

आगो बाल्दैमा 

कहाँ तातो हुन्छ र 

मन चिसो भएको बेला


दियो बाल्दैमा 

कहाँ उज्ज्यालो हुन्छ र 

मन अँध्यारो भएको बेला


खुट्टा चाल्दैमा 

कहाँ गन्तब्यमा पुगिन्छ र 

मन रोकीएको बेला


आँखाले देखेको 

मृगतृष्णाको पोखरीको पानी 

मनले माग्दैमा कहाँ पिउन सकिन्छ र 


मनलाइ उज्ज्यालो बनाएर हेर 

मन भित्रको दियो आफै बल्छ 

मनले खोजेको गन्तव्य आफै आउँछ 


स्वासलाइ नियालेर हेर 

मृगतृष्णाको पोखरी हैन 

आफै भित्र अमृतको पोखरी भेटीन्छ 


No comments:

Post a Comment