Wednesday, September 11, 2024

जब माटोमा

जब माटोमा 

एउटा बिजको पानीसँग मिलन हुन्छ 

यो उम्रन्छ 

बढ्छ 

फुल्छ 

फल्छ 

कोहि असङ्ख्य बिज उत्पादन गरि मर्छ 

कोहि अजङ्गको वृक्ष बनी बाचिरहन्छ 

हो हाम्रो जीवन पनि यस्तै यस्तै हो 

जब चेतन तत्व

हाम्रो मस्तिष्कमा रहेको बह्म तत्वसँग मिल्छ 

यो चेतना बनी उम्रन्छ 

अनि हामीलाइ 

हामी भित्र रहेको 

ब्रह्माण्डको भ्रमण गराउँछ 

मात्र द्रष्टा बनाएर 

अनि इकार थपेर 

एउटा दृष्टी बनाइ दिन्छ 

अनि म हराएर द्रष्टा बन्छु 

म हराएपछी 

बिचार पनि हराउदोरैछ 

द्रष्टा बने पछि 

दृश्य दृश्यमा अक्षर देखिदो रहेछ 

अनि अक्षर अक्षरमा चेतना भेटिदोरहेछ 

जय शम्भो 

No comments:

Post a Comment