Wednesday, September 11, 2024

यताका मान्छेका दुख नि कति कति

यताका मान्छेका दुख नि कति कति 

यता जरामा पानी हाले जस्तो नि गर्नु छ 

उता आम्दानीको  रुख मर्ला भन्ने डर पनि छ 

के गर्नु बिचराहरु 

चराहरु देखे भने 

चारा दिए जस्तो गर्छन 

दुई चार फोटो खिच्छन 

सामाजिक सञ्जालमा  बिछ्याउछन 

अनि चरा समात्छन 

कसैले नदेख्ने गरि 

चराको घाँटी निमोठ्छन 

अनि खल्ती भित्र हाल्छन 

यसरी नै हासी हासी 

आफ्नै संस्कार र संस्कृति मासी मासी 

आफ्नो जीवन चलाउछन 

थाहै नदिइ नदिइ 

समाज जलाउछन 

देश जलाउछन 

आफ्ना र आफैलाइ खरानी बनाउछन 

खरानी भित्र रानी छ भन्छन 

अनि खरानी भित्र रानी खोज भन्छन 

यस्तै छ हजुर यता 

यीनीहरुको बेचैनीमा 

हाम्रो खुसी देखिन्छ 

यीनीहरुको हैरानीमा 

हाम्रो सफलता टल्कन्छ 

यति बुझे हुन्छ हाम्रो समाजले 

जय शम्भो, 

हर हर महादेव 




No comments:

Post a Comment