Wednesday, September 11, 2024

मृत्यु के हो

मृत्यु के हो 

म बारबार सोच्ने गर्छु

कहिले के सोच्छु कहिले के सोच्छु 

यसको कहीँ अन्त्य छैन

हुन पनि हो यो त एक शाश्वत सत्य हो

जसलाई सोच्ने बित्तिकै कहाँ जान्न सकिन्छ र 

यो संसार चले पनि नचले पनि 

यो संस्कार चलिरहन्छ

यो कहिले सकिँदैन

हो हामी श्वास स्वासमा मर्छौँ

श्वास स्वासमा जन्मन्छौ

हामी जन्म के हो थाहै नपाई जन्मन्छौँ

हामी मृत्यु के हो थाहै नपाई मर्छु

सधैँ हामी जन्म र मृत्युको बीचमा हराइरहेका छौं 

तर हामीलाई लाग्छ 

मैले मृत्यु जितेँ 

मैले यो जिते मैले त्यो जिते 

के साँच्चै त्यो जित नै हो वा थियो त 

वास्तवमा त्यो केही पनि थिएन 

यो जिन्दगीको एक मिठो भ्रम थियो

अथवा अहंकारीक भ्रम थियो। 

असली जित त त्यो हो 

जहाँ म हार्छु र संसारले जित्छ

अनि म संसार हुन्छु। संसार म हुन्छ

जहाँ न जन्मको अर्थ हुन्छ न मृत्युको 

त्यहाँ सत चित आनन्दको जन्म हुन्छ 

या भनौँ बोध हुन्छ

अनि मान्छे सचितानन्दमा बस्छ

अनि उसले सबेे सुन्दर देख्छ

किनकि त्यहाँ दृश्य र दूरी हुँदैनन् द्रष्ट मात्रै हुन्छन् 

मतलब ईश्वर मात्र हुन्छ 

जब कहीँ ईश्वर मात्र हुन्छ 

बुझ्नुहोस् तपाईँ कहाँ हुनुहुन्छ 

बुझ्नुस् तपाईँ को हुनुहुन्छ 

आफैंले आफैंलाई खोज्नै पर्दैन 

सबै आफू देखिन्छ

जय शम्भो



No comments:

Post a Comment