Wednesday, September 11, 2024

एक थरी यहाँढुङ्गाहरुले दूध पिएन भन्दै छन

एक थरी यहाँ

ढुङ्गाहरुले दूध पिएन भन्दै छन 

वर पिपलले दूध खाएन भन्दैछन 

मुर्तीहरुले दूध दिएन भन्दै छन 

थाहा नहुने लाई के थाहा

यो दूध ढुङ्गालाइ होइन 

धर्तीलाइ चढाइएको हो 

धर्तीलाइ सिञ्चित गरिएको हो 

धर्तीलाइ नया जीवन दिइएको हो 

जहाँ सेतो दूध पिएर बसेको वर पिपल हुन्छ 

त्यसको छाँयामा 

शितलता र शुन्यताको भाव हुन्छ 

जहाँ जो बसे पनि 

जहाँ जो सुते पनि 

उसलाइ यो महसुस हुन्छ 


कोहि कोहिलाई लाग्दो हो 

हाम्रा बाजे बज्यैहरु मुर्ख थे 

देउरालीमा फोकटमा वर पिपल रोपे 

हप्ता, महिना बर्ष दिनमा पुजा गर्न गए 

जात्रा चलाय, अन्ध बिस्वाश बढाए 

हामीले खाने दुध 

देउरालीको वर पिपल र ढुङ्गामा खन्याए 

केहि केहिले यसलाई 

गज्जवको उपन्यास बनाए 

सञ्जाल देखि सडकसम्म उपहास देखाए 

यो वास्तवमा 

न त वरपिपल न त ढुङ्गाको उपहास थियो 

यो त आफ्नै पिता पुर्खाको अपमान थियो 

आफ्नै कुलको बेइज्जती थियो 

आफ्नै आत्मालाई गाली थियो 


जसले आफैलाइ गाली गर्छ 

उसलाइ कस्ले इज्जत गर्छ 

जसले आफ्नै पिता पुर्खालाइ गाली गर्छ

उसलाइ कसको पुर्खाले आशिर्वाद दिन्छ 

जसले आफ्नै मन्दिर र गुम्बालाई गाली गर्छ 

उसलाइ कहाँको देवी देवताले बचाउछ 

जसले आफनै आगनको ढुङ्गा पुज्दैन 

जसले आफ्नै गाउँ र परम्पराको देउराली ढोक्दैन 

उ जहाँ बसे पनि 

उ जहाँ सुते पनि 

न त शितलता न त शुन्यताको भाव 

उसलाइ महसुस हुन्छ

उ त भाव शून्य 

अभावले भरीपुर्ण हुन्छ 

जता हेर्यो काँडै देख्छ 

जता गयो पर्खाले छेक्छ 

जय शम्भो 

देउरालीको बरपिपलको आशिर्वाद कम भो 

No comments:

Post a Comment