मुलाधारकाे बलमा बसी बसी
स्वाधीस्ठानको कल्पनामा डुली डुली
आफूलाई खोज्ने कोसिस गर्नुपर्छ
मणिपुरको ज्ञानको उज्यालोले
आफूलाई छपक्क छोपेपछि
आफूभित्रको ब्रह्म भेटेपछि
अनहातमा हात राखी
विशुद्धिले बोल्नुपर्छ
बाहिरी आँखा बन्द गरी
तेस्रो आँखाले ब्रह्मचित्र पढ्न सक्नुपर्छ।।
अनि मात्र सहश्रारले
आफू बस्ने ब्रह्माण्डको ज्ञानचित्र देखाउँछ।
यसपछि थाहा हुन्छ
संसार के हो ?
म के हो ?
म को हुँ ?
म यहाँ किन छु ?
अनि सुरु हुन्छ
आँखा नखोलिकनै संसार देख्ने यात्रा
आँखा नखोलिकनै संसार बुझ्ने यात्रा
आँखा नखोलिकनै संसार पढ्ने यात्रा
आँखा नखोलिकनै ब्रह्माण्ड घुम्ने यात्रा
अथवा अनन्तको यात्रा
जय शम्भो !
No comments:
Post a Comment