Wednesday, September 11, 2024

आजकल मेरा आँखाले आकृति देख्दैनन

आजकल 

मेरा आँखाले 

आकृति देख्दैनन 


आजकल 

मेरो मनले 

भौतिक आकर्षक अनुभव गर्दैन 


हो म बौलाएको छु 

आँखा बन्द भएका छन 

मन ध्यानले छोपिएका छन 


हो म आजकल 

केही नदेख्ने भएको छु 

केही नबुझ्ने भएको छु 


म आफै हराएको छु 

आफैले आफैलाइ नभेट्ने भएको छु 

अनि कसरी अरुलाइ भेट्न सक्छु


हो साथी हो 

म आफैले आफैलाइ चिन्न नसक्ने भएको छु

तपाइहरुलाइ कसरी चिन्न सकु 


आजकल 

मेरा आँखाले 

आकृति देख्दैनन 


आजकल 

मेरो मनले 

भौतिक आकर्षक अनुभव गर्दैन

No comments:

Post a Comment