हिजो अस्ति तिर म
हिमाल भित्र ज्ञान खोज्थे
आज भोलि म
ज्ञान भित्र हिमाल खोज्छु
हिजो अस्ति तिर म
म भित्र श्वास खोज्थे
आज भोलि म
श्वास भित्र म खोज्छु
हिजो अस्ति तिर म
ब्रह्माण्डमा मलाइ खोज्थे
आज भोलि म
म भित्र ब्रह्माण्ड खोज्छु
हिजो अस्ति तिर म
शब्द शव्दमा रङ्ग खोज्थे
आज भोलि म
शब्द शब्दमा रङ्ग देख्छु
हिजो अस्ति तिर म
शब्द शव्दमा हराउँथे
आज भोलि म
शब्द शब्दमा आफैलाइ भेट्छु
हिजो अस्ति तिर म
शब्द शव्दमा भाव मात्र खोज्थे
आज भोलि म
शब्द शब्दमा नयाँ ब्रह्माण्ड भेट्छु
No comments:
Post a Comment