Wednesday, September 11, 2024

एकैछिन श्वास रोकेर हेर

एकैछिन 

श्वास रोकेर हेर 

आफ्नो मनलाइ 

आफ्नो मन्दिरसँग जोडेर हेर 

मन्दिर भित्र 

मन रुपी घन्टी

हर पल

हर घडी

हर समय 

गुञ्जीरहेको छ 

अनि यो गुञ्जनमा 

ईश्वर नाचिरहेका छन 

ईश्वर हासीरहेका छन

ईश्वर बसिरहेका छन 

बुझ्निलाइ स्वासमै संसार छ 

द्रष्टालाइ स्वासमै ईश्वर छ 

जय शम्भो 

No comments:

Post a Comment