म यस्तो देशमा बसेछु
जहाँ बिहान उठ्ने बित्तिकै
हिमाल हाँसेको देख्छु
नदी दौडेको देख्छु
रुखबिरुवा नाचेको देख्छु।
तर विडम्बना
यहाँ मान्छे चाहिँ रोएको देख्छु
के भइरहेको छ यहाँ
मान्छे किन रोइरहेका छन्
किन हिमाल हाँस्ने देशमा
मान्छे हाँस्न सकेका छैनन
किन खोला दौडिने देशमा
मान्छे बस्न सकेको छैन
रुख बिरुवा नाच्ने देशमा
किन मान्छे नाच्न सकेको छैन
हो हामी यस्तो स्थितिमा पुगिसक्यौं
हामीलाई न त प्रकृति के हो थाहा छ
न त प्रकृतिको आकृति नै बुझेका छौं
हामी अब विस्मृतिमा पुगिसकेका छौं
यहाँबाट फर्केर आउन कहाँ सजिलो छ र
त्यसैले हामी त्यही कतै अड्किएका छौं
वा अड्काइएका छौं
हामी यहाँ
रोइ रोइ हाँसिरहेका छौं
हाँसी हाँसी रोइरहेका छौं
यो नै हाम्रो नियति भइरहेको छ।
अब यो नियतिबाट बाहिर आउन
नियत बुझ्नुपर्यो
नियतलाई हेर्नुपर्यो
नियतलाई धुनुपर्यो
के यसको लागि हामी तयार छौं
अवश्य छैनौँ
किनकि तयार भएको भए
हामी किन यो अवस्थामा हुन्थ्यौ र
जय शम्भो
No comments:
Post a Comment