Wednesday, September 11, 2024

हिमाल पग्लेर


हिमाल पग्लेर 

समुन्द्र बन्यो 

फेरि समुन्द्र जमेर 

अर्को पहाड बन्यो 


त्यही पहाडमा जन्मेकाले 

आजकल 

हिमाललाइ सभ्याता र संकार 

हिमालको उत्पत्ती र उमेर 

हिमालको उचाइ र इमान 

पढाइरहेका छन 


कस्तो बिडम्बना

भौतीकबादको भव्यताले 

हिमालको दिव्यता छोपिएपछी

मरुभुमिको बालुवाले 

हिमालको पबित्रतावारे 

हिमाललाइ कक्षा दिन थाल्छ 


अनि हिमाल पग्ली दिन्छ 

अनि हिमाल बगी दिन्छ 

भौतिकबादलाइ ध्वाङ्स पारीदिन्छ 

बाफ बनी उडिदिन्छ 

बादल बनी उडिदिन्छ 

फेरी हिउँ बनी झरी दिन्छ 


संस्कार के हो 

सभ्यता के हो 

पवित्रता के हो 

न बुझ्नेनाइ यसरी नै बुझाइ दिन्छ 





No comments:

Post a Comment