Wednesday, September 11, 2024

गाली गरेर देश बन्ने भा भे

गाली गरेर देश बन्ने भा भे

देश उहिल्यै बनिसक्थ्यो 

ताली बजाएर देश बन्ने भा भे 

देश उहिल्यै बनिसक्थ्यो

कुरा गरेर देश बन्ने भा भे 

देश उहिल्यै बनिसक्थ्यो

देश बन्न त 

पहिला काम गर्नु पर्‍यो

देशलाइ शिरमा राख्नुपर्यो 

देशलाइ आफ्नै सम्झी 

माया अनि सम्मान गर्नु पर्‍यो

फेरि बेला बेलामा आउने चुनावमा 

आफ्नो भोट परीवर्तन गर्नु पर्‍यो 

हाम्रो भाग्य मेट्नेहरुको 

हाम्रो भाग्य तोड्नेहरुको

हाम्रै भोटले घाँटी रेट्नुपर्‍यो 

हाम्रै भोटले हात खुट्टा भाच्नु पर्यो 

हाँसी हाँसी हाम्रै भोटले 

हाम्रो सपना मार्नेहरुलाइ 

अब जिउँदै मार्नु पर्‍यो 

बेला बेलामा आउने चुनावमा 

आफ्नो भोट परीवर्तन गर्नु पर्‍यो

जय शम्भो 


No comments:

Post a Comment