Wednesday, September 11, 2024

आज आकाश हाँसे जस्तो छ

आज आकाश हाँसे जस्तो छ 

खुसीले बादल डाके जस्तो छ 

बादल हिड्छ आकाशमा 

चित्र बन्छ मेरो आगनमा 

त्यो चित्र हासी हासी उठ्छ 

अनि मलाइ सोध्छ 

तिमिले मलाइ चिन्यौ 

म हासीदिन्छु स्वरै बिना 

आँखा नखोली बोली दिन्छु 

आफ्नो मान्छेलाइ नी चिन्नु पर्छ र 

आफ्नो मान्छेलाइ नी आँखाले हेर्नुपर्छ र 

तिमी जहाँ छे उ 

म त्यहीँ त छु 

तिमी जे छ उ

म त्यही त छु 


आज आकाश हाँसे जस्तो छ 

खुसीले बादल दौडे जस्तो छ

आनन्दले बर्षा आगनमा नाचे जस्तो छ 

नाच्दा नाच्दै, यी बर्षा को धर्साले 

आगनीमा तिम्रै चित्र कोर्छ

त्यो चित्र हासी हासी उठ्छ 

अनि मलाइ सोध्छ 

तिमिले मलाइ चिन्यौ 

म हासीदिन्छु स्वरै बिना 

आँखा नखोली बोली दिन्छु 

आफ्नो मान्छेलाइ नी चिन्नु पर्छ र 

आफ्नो मान्छेलाइ नी आँखाले हेर्नुपर्छ र 

तिमी जहाँ छे उ 

म त्यहीँ त छु 

तिमी जे छ उ

म त्यही त छु


बादल भित्र 

पानीको चित्र लुके झै 

तिमी भित्र म लुकेको छु 

न त ती तिम्रा आँखाले देख्छन 

न त मनले नै महसुस गर्छन

हो म तिम्रो मन मन्दिरमा 

पानीका थोपा झै नाचिरहेको छु 

अनि तिमिलाइ थाहै नदिइ 

तिमिलाइ आनन्दपान गराइ रहेको छु 

त्यसैले त तिमी फर्की फर्की 

त्यही चित्र हेर्न 

आफ्नो मन मन्दिर लिएर 

के विहान के बेलुका 

सधै यही हाजीर छेउ 

तिमी जहाँ छे उ 

म त्यहीँ त छु 

तिमी जे छ उ

म त्यही त छु

जय शम्भो 

No comments:

Post a Comment