Wednesday, September 11, 2024

मेरो मनले मलाइ भन्यो

मेरो मनले मलाइ भन्यो 

कतिन्जेल दबिएर बस्छस्

कतिन्जेल आफुलाइ दवाएर राख्छस् 

अबको नेपाल तेरो नेपाल हो 

तैले मिलाएर बोल्न नजाने नि 

तैले मिलाएर लेख्न नजाने नी 

अबको नेपालमा 

तैले बोल्नु पर्छ 

तैले लेख्नु पर्छ 

आफुले देखेको नेपालको तस्वीर 

रङ्ग रोकन गर्न नजाने नी 

अब तैले भन्नू पर्छ 

अब तैले भन्नू पर्छ 

सारा नेपालीको शिरमा 

यो तस्वीर भर्नुपर्छ 

नेपालीको भाग्य फेर्न 

नेपालको भाग्य फेरिनु पर्छ 

No comments:

Post a Comment