Wednesday, September 11, 2024

मान्छे मान्छे बन्न

मान्छे 

मान्छे बन्न 

दिनमै सयौ चोटि मर्नुपर्ने रहेछ 

आखिर 

हामी 

मान्छे बन्नै 

नसकी नसकी मरी रहेछौ 

अनि फेरि 

हामी 

भगवानलाइ 

मलाइ किन इस्वर बनाएन भनेर  

छिन छिनमा 

आफैलाइ बिर्सिएर 

गाली गरि रहेकाछौ

कस्तो बिडम्बना 

हामीलाइ 

भगवान र इश्वरको भेद नै थाहा छैन 

अनि कहाँ म 

म बन्न सक्छु 

म, म नै 

वन्न नसकी 

मिनेट मिनेमा सकिरहेछु 

तथास्तु

No comments:

Post a Comment